मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थीसम्बन्धी समस्या भएका ३१ जनाको निःशुल्क शल्यक्रिया
खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले आरुस लाइफस्टाइल अस्पताल, रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
काठमाडौं । मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थिमा भएको पत्थरीको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाइफस्टाई अस्पताल तथा रेडक्रस अफ कुवेतसँगको सहकार्यमा ३१ जनाको निःशुल्क शल्यक्रिया गरेको छ । मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थिमा भएको पत्थरीको शल्यक्रिया सम्बन्धी निःशुल्क शिविर संचालन गरेको इन्स्टिच्युट मेडिकल डाइरेक्टर डा.सञ्जय खड्गीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले यही पौष […]