वन क्षेत्रमा बस्ती र खेती

पर्साको सखुवाप्रसौनी–१ सखुबनियास्थित वन क्षेत्र अतिक्रमण गरेर बस्ती विस्तार गर्ने क्रम बढेको छ । वन कार्यालयले लगाएको तारबारभित्रै १६ वटा घर निर्माण भइसकेका छन् । अतिक्रमित क्षेत्रमा बिजुलीको तार विस्तारसँगै विद्युत् मिटरसमेत जडान गरिएको छ । स्थानीयले हिजोआज खनजोत गरेर धमाधम मकै खेती लगाइरहेका छन् । कतिपयले बंगुर फार्म पनि निर्माण गरिरहेका छन् ।

सम्बन्धित सामग्री

बारामा वन अतिक्रमण तीव्र

कलैया- बारामा वन अतिक्रमण तीव्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेको छ । नियन्त्रणको प्रयास हुन नसक्दा वन अतिक्रमण बढ्दै गएको हो । भरतगंज सिगौल चकरी, नयाँ बस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैयालगायत विभिन्न स्थानमा गरी करिब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो । निजगढ […]

जहाँ बस्ती छ त्यहीँबाट डढेलो

११ वैशाख, दमौली । गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको व्यास नगरपालिका, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको उक्त कार्यालयका प्रमुख कोमलराज काफ्ले बताउँछन् । ‘जहाँ जहाँ वनमा डढेलो […]

जहाँ बस्ती छ त्यहीँबाट डढेलो

दमौली, ११ वैशाख । गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको व्यास नगरपालिका, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको उक्त कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए । “जहाँ जहाँ वनमा डढेलो […]

सुकुमवासी बनी ऐलानी जग्गा खोज्दै बस्ती बस्ने क्रम बढ्दो

रौतहट : पछिल्लो समय रौतहटमा ऐलानी जग्गा खोज्दै सुकुमवासी हुँ भन्दै बस्ती बस्ने क्रम बढ्दो छ। केही वर्षअघि सुकुमवासीको नाममा जंगल फडानी गरेर तामाङ टोल स्थापना भएको र पछिल्लो समय सोही टोलमा वन मासेर घरटहरा बनाउने क्रम बढेको छ।डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर मातहतको वृन्दावन नपा–१ बलेरीस्थित वन कार्यालयका कर्मचारीको मिलेमतोमा वन मासेर घरटहरा बनाउने क्रम बढेको स्थानीयले जानकारी गराएका छन्।केही समयअघि डिभिजन वन कार्यालयले नर्सरी बनाएर वृक्षरोपण गरेको ठाउँमा धमाधम घर बनाउँदा समेत सम्बद्ध निकाय

दार्चुलाका सामुदायिक वन क्षेत्र अतिक्रमणमा

काठमाडौँ,१२ फागुन । दार्चुलामा रहेका सामुदायिक वन क्षेत्र अतिक्रमणका चपेटामा पर्न थालेका छन् । सामुदायिक वनबाट दिनप्रतिदिन वन्यजन्य पदार्थ चोरी तथा वन जङ्गल जथाभावी फँडानी हुँदा अतिक्रमणका चपेटामा पर्न थालेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभरि एक सय ७८ सामुदायिक वन क्षेत्र छन् । तीमध्ये मानिसको बस्ती नजिक भएका सामुदायिक वनको भूभाग अतिक्रमणमापरेको छ […]

वन्यजन्तु बस्ती पसेपछि...

वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती–बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेकाहरू बताउँछन् ।

सामुदायिक वन मासेर धमाधम पक्की संरचना

बारा  : राजमार्गसँगै जोडिएको बस्ती, कच्ची पक्की घर, घरको छेउछाउ ठूलाठूला सुकेको रूख, बस्ती छिर्दै गर्दा आनौठो मानेर हेर्ने र फोटो खिच्दा रिसाउने स्थानीय, बस्ती लगत्तै वनपथ अनि थरीथरीका सार्वजनिक संरचना..... वन अतिक्रमण र नियोजित रुपमा सुकाइएका रूख सहितको यो दृश्य हो बाराको सिमराबाट पथलैया हुँदै पूर्व लाग्दै गर्दा दाहिनेपट्टि पर्ने पथलैया सामुदायिक वनमा अवस्थित बस्ती। “अहिलेसम्म २० लाख खर्च भो, त्यसमा ८ लाख माननीय सुन्दर विकले दिनुभयो। पार्टीमा आउनुस् म सबै व्यवस्थापन गरिदिन्छु भन

सुकुम्वासी बताउँदै वन मासेर धमाधम घर निर्माण गरिँदै

रौतहट : पछिल्लो समय सुकुम्वासी बताएर रौतहटमा वन मासेर घर बनाउने क्रम बढ्दै गएको छ।जिल्लाका विभिन्न स्थानमा आफूलाई सुकुम्वासी बताएर वन मासेर घर बनाउने समूह सक्रिय रहेको भएपनि डिभिजन वन कार्यालयले उनीहरुलाई हटाउन सकेको छैन।रौतहटको चुरे क्षेत्र र तल्लो भेगमा सुकुम्वासीको नाममा वन मासेर घर बस्ती बस्दै आएको हो। चन्द्रपुर–६ स्थित राष्ट्रिय वन क्षेत्रमा केही व्यक्तिले घरै बनाएर बसेका छन्। कुनै पनि बेला रूख ढल्ने वा हाँगा झरेर दुर्घटना हुन सक्ने भन्दै वन कार्यालयले उनीहरूलाई हट्न अनुरोध गरेको

मान्छेकै कारणले नाङ्गिएको वन र बस्ती (फोटोफिचर)

प्राकृतिक श्रोतमाथिका दोहनले प्रकृति त कुरुप बन्छ नै, प्राणीहरुको पनि अस्तित्व सकिन्छ । किनकि प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन ।  चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ । देशका मुख्य सहरको त कुरै छोडौँ गाउँका वन, जङ्गलहरु पनि उजाड छन् । प्राकृतिक श्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ ।  समग्रमा भन्दा प्राकृतिक श्रोतहरु मासिँदै छन् । काठमाण्डौ उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढ...

लाप्राक बस्ती निर्माणका लागि काठ आपूर्ति गर्न माग

गोरखा जिल्लाको लाप्राक गुप्सिपाखा क्षेत्रमा आवास निर्माणका लागि आवश्यक पर्ने काठ उपलब्ध गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ । लाप्राक नमुना बस्ती निर्माणका अध्यक्ष कुमार पन्तसहित गैरआवासीय नेपाली संघको टोलीले बुधबार वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेटगरी गुप्सिपाखा क्षेत्रमा निर्माणाधीन लाप्राक नमुना बस्ती निर्माणका लागि आवश्यक पर्ने कम्तिमा पनि ६ […]