सुकुमवासी बनी ऐलानी जग्गा खोज्दै बस्ती बस्ने क्रम बढ्दो

रौतहट : पछिल्लो समय रौतहटमा ऐलानी जग्गा खोज्दै सुकुमवासी हुँ भन्दै बस्ती बस्ने क्रम बढ्दो छ। केही वर्षअघि सुकुमवासीको नाममा जंगल फडानी गरेर तामाङ टोल स्थापना भएको र पछिल्लो समय सोही टोलमा वन मासेर घरटहरा बनाउने क्रम बढेको छ।डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर मातहतको वृन्दावन नपा–१ बलेरीस्थित वन कार्यालयका कर्मचारीको मिलेमतोमा वन मासेर घरटहरा बनाउने क्रम बढेको स्थानीयले जानकारी गराएका छन्।केही समयअघि डिभिजन वन कार्यालयले नर्सरी बनाएर वृक्षरोपण गरेको ठाउँमा धमाधम घर बनाउँदा समेत सम्बद्ध निकाय