प्राकृतिक श्रोतमाथिका दोहनले प्रकृति त कुरुप बन्छ नै, प्राणीहरुको पनि अस्तित्व सकिन्छ । किनकि प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन ।
चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ । देशका मुख्य सहरको त कुरै छोडौँ गाउँका वन, जङ्गलहरु पनि उजाड छन् । प्राकृतिक श्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ ।
समग्रमा भन्दा प्राकृतिक श्रोतहरु मासिँदै छन् । काठमाण्डौ उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढ...