रौतहट : पछिल्लो समय सुकुम्वासी बताएर रौतहटमा वन मासेर घर बनाउने क्रम बढ्दै गएको छ।जिल्लाका विभिन्न स्थानमा आफूलाई सुकुम्वासी बताएर वन मासेर घर बनाउने समूह सक्रिय रहेको भएपनि डिभिजन वन कार्यालयले उनीहरुलाई हटाउन सकेको छैन।रौतहटको चुरे क्षेत्र र तल्लो भेगमा सुकुम्वासीको नाममा वन मासेर घर बस्ती बस्दै आएको हो। चन्द्रपुर–६ स्थित राष्ट्रिय वन क्षेत्रमा केही व्यक्तिले घरै बनाएर बसेका छन्। कुनै पनि बेला रूख ढल्ने वा हाँगा झरेर दुर्घटना हुन सक्ने भन्दै वन कार्यालयले उनीहरूलाई हट्न अनुरोध गरेको