काठमाडौँ : राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेको छ। मंगलवार समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा समितिका सदस्यहरुले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेका हुन्। सुरुङमार्गको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति पन्थले सरकारले द्रुत गतिमा काम अगाडि बढाएको खण्डमा एक वर्षभित्रमा सुरुङमार्गका काम सम्पन्न हुने बताए। उनले आयोजना समयमै सम्पन्न हुनुपर्नेमा आफूहरुको जोड रहेको उल्लेख गरे। आयोजनाक
निर्माणाधीन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग समयमा पूरा नहुने भएपछि १ वर्ष म्याद थप भएको छ । सम्झौता अनुसार जापानिज निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेसनले २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित समयमा आयोजना पूरा नहुने भएपछि सरकारले आगामी २५ अप्रिल २०२४ सम्मका लागि समय थप गरेको छ । सुरङमार्ग […]
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न भन्दै अर्थ मन्त्रालयले थप रकम उपलब्ध गराएको छ । रकम अभावमा मुआब्जा वितरण हुन नसकेको भन्दै सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थमा निकासाका लागि पत्र पठाएको थियो । सो आग्रहअनुसार थप ३५ करोड रुपैयाँ रकम निकासा भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले बताए ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा मुआब्जाको समस्या अझै टुंगिएको छैन । काठमाडौंतर्फ सुरुङको भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा नटुंगिँदा थप काम अघि बढ्न सकेको छैन ।
काठमाडौं, असार २८ । कोभिड महामारीका कारण राष्ट्रिय गौरवका कतिपय आयोजना नराम्ररी प्रभावित भइरहेका बेला नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम भने धमाधम अघि बढेको छ । संक्रमणको सम्भाव्य जोखिम रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको आयोजनाले बताएको छ । सुरुङमार्ग निर्माणमा केही विदेशी, ५० नेपाली इञ्जिनियरसहित ६०० भन्दा बढी मजदूर परिचालन भएकोमा हालसम्म आयोजनाको […]
नागढुंगा–सिस्नेखाला सुरुङमार्गमा अहिले रातदिन काम धमाधम सुरु हुँदै छ । गौरवका धेरै आयोजनामध्ये नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पनि मुलुकको राष्ट्रिय विकासको पूर्वाधारको आयोजनाभित्र पर्ने एक मुख्य आयोजना हो । काठमाडौंदेखि धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २.३३ किलोमिटर खन्ने काम सम्पन्न भएको छ । यो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना १६ महिनाभित्र सक्ने लक्ष्यसहित दिनरात काम भइरहेको सडक विभागले जनाएको छ […]
२३३ मिटर सकियोकाठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको २ सय ३३ मिटर खन्ने काम पूरा भएको छ । १६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित दिनरात काम भइरहेको सडक विभागले जनाएको छ ।धादिङतर्फ १ सय ३९ मिटर, काठमाडौंतर्फ मुख्य सुरुङमार्ग ४९ र आकस्मिक मार्ग ४५ मिटर गरी हालसम्म २ सय ३३ मिटर खनिएको नागढुगा–सिस्नेखोला सुरुङ आयोजनाले जनाएको छ । […]
कोभिड–१९ का कारण असर परेको राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ ।नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८ लम्बाइको सुरुङको कामले तीव्रता पाएको छ । काम केही समय रोकिए पनि हाल भने दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमा शाक्यले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।