नागढुंगा-सिस्नेखोला सुरुङमार्गलाई थप रकम निकासा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न भन्दै अर्थ मन्त्रालयले थप रकम उपलब्ध गराएको छ । रकम अभावमा मुआब्जा वितरण हुन नसकेको भन्दै सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थमा निकासाका लागि पत्र पठाएको थियो । सो आग्रहअनुसार थप ३५ करोड रुपैयाँ रकम निकासा भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले बताए ।