झापा : आफ्ना प्रियजनका अवसानमा काजकिरिया गर्ने हिन्दू परम्परा रही आएको छ। यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरेका छन्। उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बनेका छन्। उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो। पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन। दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ। “हिन्दू धर्ममा