आमा महाप्रस्थानको १२ औं दिन (सोमबार, कुशे औंसी) विपिन कार्की र उनका दाजु अर्जुन कोटेश्वर, महादेवस्थानको किरिया घरमा छन् र सम्झिरहेका छन् आमा जिन्दगी । पिता लोकबहादुर कार्की (७८) छोराहरू सामुन्ने छन् । विपिन/अर्जुनको सम्झना–शृंखलामा भने केवल आमा छिन् । केही स्वादका सम्झना, केही बेस्वादका, जसले उनीहरूलाई विगतको लामो धागोले बाँधिरहेको छ ।
त्यो दिन आकाशमा चिसो सुर्जेको तेज मधुरो भएको थियो । पशुपतिनाथ आर्यघाटछेवैको ‘किरियापुत्री सेवा केन्द्र राजराजेश्वरी’ को ११३ नम्बर घरमा उदास बसिरहेका चन्द्र भण्डारीको मन पनि चिसै थियो । चन्द्र–मुहार साँच्चै नै उदास देखिन्थ्यो । कसरी खुसी हुन सक्छन् उनी, जबकि आमा जलेर बितेकी छन् ? चन्द्र जिन्दगीको अकाट्य सत्य हेर्न बसेका छन– पशुपतिको किरिया घरमा ।
त्यो दिन चिसो आकाशमा तातो सुर्जेको तेज मधुरो भएको थियो । पशुपतिनाथ आर्यघाटछेवैको ‘किरियापुत्री सेवा केन्द्र राजराजेश्वरी’ को ११३ नम्बर घरमा उदास बसिरहेका चन्द्र भण्डारीको मन पनि चिसै थियो । चन्द्र–मुहार साँच्चै नै उदास देखिन्थ्यो । कसरी खुसी हुन सक्छन् उनी, जबकि आमा जलेर बितेकी छन् ? चन्द्र जिन्दगीको अकाट्य सत्य हेर्न बसेका छन– पशुपतिको किरिया घरमा ।
शुक्रबार भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फर्किनु भएका केशवलाई आमा समाल्न गाह्रो भईरहेको छ । आमा द्रोपति छोरीले बारीमा लगाएको तोरी फूलेको देखेर छिन छिनमा भक्कानिएर रुनुहुन्छ । भागरथीको याद आउने घरका सबै वस्तु हटाए पनि बारीमा फूलेको तोरी कहाँ लगेर राख्नु ? भागरथीका दाजु केशवले भन्नुभयो । “फूलेको तोरी टिप्न नपाउँदै आफै ओईलिएर गई,” केशवले भन्नुभयो,“ घर खर्च चलाउन बाख्रा पनि पालेकी थिएन्, वस्तुभाउ उसैको जिम्मा थिए ।”
चडेपानी गाउँबाट डेढ घण्टाको सडक दूरीमा पर्ने बैतडी अस्पतालको शवगृहबाट भागरथीको शव निकालेर भागरथीका दाइ केशवले महाकालीमा अन्त्यष्टि गर्न जाँदा छोरीको अनुहार अन्तिम पटक हेर्ने चाहना थियो तर, आमा द्रोपतिलाई आफन्तले हेर्न जान दिएनन् ।
श्रीमानको मृत्युपछि सेतो पहिरनमा रहनु भएकी द्रोपतिलाई छिमेकी र नजिकका नातेदार रातदिन सम्झाउन घरमा आईरहनुहुन्छ तर, एकपछि अर्को बज्रपातले द्रोपति एकोहोरो टोलाएर रोईरहनुहुन्छ । घरमा कहाँबाट को आउँदैछन् ? केही थाहा छैन ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको जन्म २०५९ साल वैशाखमा भएको थियो ।
आमा द्रोपति निरक्षर हुनुहुछ । सामान्य लेखपढ गर्न जान्ने बुवा कृष्णानन्द भट्टको मधुमेह रोगका कारण किड्नीमा समस्या देखिएपछि उपचार गराउन नसक्दा उहाँको तीन महिनाअघि धनगढीमा मृत्यु भयो ।घरको एक मात्र सहाराको रुपमा रहनु भएका कृष्णानन्दको मृत्यु भएपछि परिवारको मेरुदण्ड नै भाँचियो । बुवाको किरिया सकेर घर खर्च चलाउन २० वर्षीया केशव भट्ट सेतो पहिरनमा रहेकी विधवा आमा द्रोपतिलाई १७ वर्षीया बहिनी भागरथीको जिम्मा छोडेर यही माघ ४ गते मजदुरी गर्न भारत जानु भएको थियो ।