सांसद उषाकला आमाको किरिया गर्दै, श्रीमानले गरे तारिफ
काठमाडौं । प्रदेश सभा सांसद उषाकला राईले आफ्नी आमा लक्ष्मी राईको किरिया बसेकी छन् । कपाल मुण्डन गरेर काजकिरियामा लागेकी उनको कार्यलाई पति शेरबहमदुर तामाङले खुलेर प्रशंसा गरेका छन् ।
सांसद राईकी ...
दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती थपिएको छ । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार...
दाङ : शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाकी रमिता परियारले आफ्नो बुबाको किरिया गरेकी छन्। मङसिर १८ गते बुबाको मृत्यु भएपछि घरकी कान्छी छोरी रमिताले बुबाको किरिया गरेकी हुन्। उनका ५ वटा दिदी र एक जना दाजु रहेका छन्। तर, दिदीहरू सबैको विवाह भएको र दाजु विदेशमा हुँदा आफूले बुबाको किरिया गरेको उनको भनाइ छ।उनले भनिन्,‘बुबाले पनि हामीलाई छोराछोरी दुवै बराबर हुन भन्नुहुन्थ्यो। त्यो भएर पनि मैले किरिया गरेको हुँ। घरमा दादा नभएर के भयो त? म पढेलेखेको मान्छे हुँ। त्यो भएर न
अछामका पहिरो पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय अछामले किरिया खर्च वितरण गरेको छ ।प्रशासनले आइतबार प्रतिपरिवार १ लाख रुपैयाँका दरले किरिया खर्च वितरण गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मृतकका परिवारहरूलाई कृया खर्च हस्तान्तरण गरेका थिए । उनले प्रदेशका आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारी र आफ्नो तर्फबाट पनि प्रतिपरिवार १० […]
आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित...
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका दम्पतीका आश्रितलाई आज ५० हजार रुपैयाँ किरिया खर्चबापतको रकम हस्तान्तरण गरेको छ।नगरपालिकाको वडा नं १२ का हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगरप्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गरेका हुन्।गत बुधबार कार्की दम्पतीलाई हात्तीले घरआँगनमै आक्रमण गरी ज्यान लिएको थियो। किरिया खर्चबापतको रकम हस्तान्तरण गर्दै नगर प्रमुख ऐरले जनप्रतिनिधि
बैतडी, ७ कात्तिक । पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका परिवारलाई किरिया खर्चबापत एकमुष्ट रु एक लाख २० हजार उपलब्ध गराएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने,“ मृतकको गाउँमै पुगेर […]
काठमाडौं । बौदमान कार्कीका परिवारका ६ जनाको हत्या हुँदा चार पुस्ता नै सकियो । अहिले त्यही घरमा चार पूस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका ३ छोरा, ३ छोरी, १ नाति र नातिनी बुहारी किरिया बसेका छन् । बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरीकी पत्नी ५२ […]
काठमाडौं । राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको सोमबार थकाली संस्कार र परम्पराअनुसार किरिया शुद्धी कार्य सम्पन्न गरिएको छ । म्हत्र्हुङे दाजुभाइको निर्णयअनुसार पाँच दिनमा नै सम्पूर्ण विधि र प्रक्रिया पु-याएर थकाली संस्कारबमोजिम किरिया शुद्धी कार्य सम्पन्न गरिएको हो । अध्यक्ष शेरचनको २ भदौमा निधन भएको थियो । […]
The post अध्यक्ष शेरचनको किरिया शुद्धी कार्य सम्पन्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
कोरोना संक्रमणबाट ज्यान गुमाएका बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापाको किरिया छोरीले गरेकी छन् ।
वैशाख २४ गते आईसीयू बेड नपाउँदा भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइन्सजेज (युसिएमएस) अस्पतालबाहिर एम्बुलेन्समै थापाको मृत्यु थियो ।
थापाकी २१ वर्षिया छोरी इशा बुधबारदेखि किरिया बसेकी हुन् । परिवारकी एक्ली छोरी इशाले बाबाको किरिया आफैँले गर्ने इच्छा जाहेर गरेपछि परिवारले उनलाई नै अगाडि सारेको हो ।
छोरा र छोरी समान हुन्, किरिया छोरी पनि बस्न सक्छन् भनेर आफूले बुवाको किरिया गरेको इशाल...
कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च वापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताए । “कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनुभएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ”, उनले भने, “केही दिनभित्रै खर्च दिन शुरु गर्छौँ ।” कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा