सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप, बार महासचिव घाइते
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप हुँदा ६ जना कानुन व्यवसायी घाइते भएका छन् ।
प्रधान न्यायाधीशको राजीनामा मागेर नेपाल बार र सर्वोच्च बारले गरेको आन्दोलनमा सुरक्षाकर्मीले दमन गरेको कानुन व्यवसायीहरुले आरोप लगाएका छन् । बिहीबार सर्वोच्च अदालत अगाडी कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना घाइते भएका थिए । घाइते कानुन व्यवसायीमध्ये अधिवक्ता प्रकाश महर्जन शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको खुट्टामा चोट लागेको थियो ।आन्दोलन नियन्त्रणमा खटिएका प्रहरीले बुटले खुट्टा कुल्चिने र संवेदनशील ठाउँमा हिर्काएर दमन गर्ने गरेको कानुन व्यवसायीको आरोप छ । शुक्रबार प्रहरी
सर्वोच्च अदालत परिसरमा आज शुक्रबार पनि प्रहरी र कानुन व्यवसायीहरुबीच घम्साघम्सी भएको छ। बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित आधा दर्जन कानुन व्यवसायी घाइते...
काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकका हुन् । घाइते महर्जनलाई न्युरो अस्पताल लैजाने तयारी भएको छ। प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको […]
काठमाडौँ – सर्वोच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच हात हालाहाल भएको हो । आन्दोलित कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि केही घाइते भएको जनाइएको छ । बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल […]
नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी प्रत्यक्षीकरण लगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने भएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको विरोधमा शुक्रबार सबै इजलास बहिष्कार गरिने बार एशोसिएसनले जनाएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बिहीबार भएको प्रदर्शनमा बारका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना कानुन व्यवसायी घाइते भएको जनाइएको छ ।कानुन व्यवसायीहरुले प्रहरी हस्तक्षेपका बाबजुद सर्वोच्च अदालत परि
सर्वोच्च अदालत परिसरमा वकिल र प्रहरीबीच भएको झडपमा नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेलसहित छ जना कानुन व्यवसायी घाइते भएका छन् ।