बारको आन्दोलनमा प्रहरी दमन : वकिल भन्छन्– बुटले खुट्टा कुल्चिए, कुठाउँमा कुटे

प्रधान न्यायाधीशको राजीनामा मागेर नेपाल बार र सर्वोच्च बारले गरेको आन्दोलनमा सुरक्षाकर्मीले दमन गरेको कानुन व्यवसायीहरुले आरोप लगाएका छन् । बिहीबार सर्वोच्च अदालत अगाडी कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना घाइते भएका थिए । घाइते कानुन व्यवसायीमध्ये अधिवक्ता प्रकाश महर्जन शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको खुट्टामा चोट लागेको थियो ।आन्दोलन नियन्त्रणमा खटिएका प्रहरीले बुटले खुट्टा कुल्चिने र संवेदनशील ठाउँमा हिर्काएर दमन गर्ने गरेको कानुन व्यवसायीको आरोप छ । शुक्रबार प्रहरी

सम्बन्धित सामग्री

प्रहरी दमनविरुद्ध धारणा बनाउन बार छलफलमा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि प्रहरी दमन भएपछि नयाँ धारणा बनाउन छलफल थालेका छन् । नेपाल बारका पदाधिकारीको छलफलमा आफूहरुले जारी राखेको आन्दोलनमा भएको प्रहरी दमनपछि अबको आन्दोलनको स्वरुप तय गरिने बारले जनाएको छ । सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच आज […]