अन्तत : एलआईसीले आईपीओ जारी गर्न पायो अनुमति

भदौ १७, नयाँदिल्ली । बहुप्रतिक्षित भारतीय जीवन बीमा निगमले(एलआईसी) ले अन्तत : आईपीओ जारी गर्न अनुमति पाएको छ । हालैमात्र भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीलाई आईपीओ ल्याउन  केन्द्रीय मन्त्रिपरिषद्ले अनुमति दिएको हो । यद्यपि उक्त कम्पनीको १ लाख करोड कित्ता आईपीओ कहिले आउने हो भन्ने बारेमा मिति भने तय भएको छैन । आईपीओ जारी गर्न  स्वीकृति पाएपनि अब केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको कमिटीले कम्पनीको आईपीओको आकार र मूल्यको बारेमा थप निर्णय लिने समाचार भारतीय सञ्चारमाध्यमहरुले छापेका छन्  । साथै उक्त कमिटीले आईपीओ जारी गर्ने मिति पनि तय गर्ने छ । भारत सरकारको उक्त कम्पनीमा  शतप्रतिशत लगानी रहेको छ।   यो आईपीओ भारतीय कर्पोरेट इतिहासको सबैभन्दा ठूलो आईपीओ हुने पनि बताइएको छ। समाचार एजेन्सी पीटीआईले एकअधिकारीलाई उद्धृत गर्दै बताएअनुसार कम्पनीको आईपीओको प्रत्याभुतिकर्तामा गोल्डम्यान श्याख्स, जेपी मोर्गन, आईसीआई सिक्योरिटीज, कोटक महिन्द्रा क्यापिटल, जेएम फाइनान्सियल, सिटी ग्रुप, नोमुरा होल्डिंग्ससमेत १० ओटा बैंकर्सलाई छनौट गरिएको छ । तर कतिपयले उक्त कम्पनीको आईपीओ सन् २०२२ को अन्त्यसम्ममा आउन सक्ने बताएका छन् । आईपीओको आकारको अधिकतम १० प्रतिशत पोलिसी होल्डर्सको लागि पनि सुरक्षित राखिने बताइएको छ । कम्पनीले दुई पटक गरेर आईपीओ जारी गर्ने योजना बनाइरहेको छ ।  सरकारले प्रस्तावित आईपीओको लागि आवश्यक पर्ने कानूनहरु पनि संशोधन गरिसकेको छ ।उक्त कम्पनीको भारतमा मात्रै २८ दशमलव ८ करोड पोलिसी होल्डर्स रहेका छन् ।कम्पनीले जारी  गर्न लागेको उक्त आईपीओबाट खासगरी पोलिसी होल्डर्सले निक्कै लाभ उठाउन सक्ने बताइएको छ ।  उक्त कम्पनीले नेपालमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको नामबाट बीमा सम्वन्धि कारोबार गरिरहेको छ ।  भारतीय जीवन बीमा निगम (एलआईसी) को लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडमा ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ । एजेन्सीहरु

सम्बन्धित सामग्री

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न पायो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति दिएको हो । यस कम्पनीले आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार ३१ गते निवेदन दिएको थियो । लामो समयपछि कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।  अनुमति पाएसँगै पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुनेछ । कम्पनीको शेयरको ४० प्रतिशतले हुने ७ लाख ७० हजार ६४६ कित्ता शेयर बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरिनेछ ।  कम्पनीको शेयरको आशय मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म छ । यही रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्नेछ । धितोपत्र पूर्ण रूपमा विक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गर्नुपर्छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छूट दिई धितोपत्र निष्कासन गर्नुपर्ने छ ।  योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको शेयर बाँडफाँट भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  पवन गोल्यान कम्पनीका कार्यकारी अध्यक्ष हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा छ । कम्पनीले अन्तरराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्नलगायत सिउने धागो विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।  रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने दोस्रो कम्पनी बनेको छ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

प्रिमियममा आईपीओ जारी गर्न घोराही सिमेन्टले पायो अनुमति

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई गरी कुल ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो ।  कुल कित्ता आईपीओमध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६११ कित्ता शेयर सर्वसाधारणमा वितरण हुनेछ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई फरकफरक मूल्यमा आईपीओ विक्री गर्न अनुमति पाएको हो । बोर्डले आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता रू. ४०० र सर्वसाधारणलाई प्रतिकित्ता रू. ४३५ मा आईपीओ विक्री गर्न कम्पनीलाई अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट विक्री प्रबन्धक रहेका छन् । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै गत साउन ९ गते बोर्डमा आवेदन दर्ता गराएको थियो । आवेदन दिएको नौ महीनामा कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । विसं. २०६४ सालमा दर्ता भई विसं. २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरी व्यावसायिक उत्पादन शुरू गरेको घोराही सिमेन्ट इन्डस्ट्रीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

मोलुङ हाइड्रोपावरले पायो आईपीओ जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ हाइड्रोपावर कम्पनीलाई आईपीओजारी गर्न अनुमति दिएको छ । बोर्डले मोलुङलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका […]

दुई कम्पनीको ५५ करोड बढीको आईपीओ आउँदै, अपर सोलले पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपर सोलु हाइड्रोपावर कम्पनीलाई सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । हिजो बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले अब ३३ करोड सात लाख ७५ हजार रुपैयाँबराबरको ३३ लाख सात हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले जारी पुँजीको २४.५०...

मुक्तिनाथ कृषि कम्पनीले इक्रा नेपालबाट पायो इक्राएनपी आईआर बीबी माइनस रेटिङ

माघ १३, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ ।  इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । उक्त रेटिङ निष्कासनकर्ताको समान्य क्रेडिट विश्वसनियतासम्बन्धी रायमात्र भएको पनि इक्रा नेपालले बताएको छ । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको बताइएको छ । कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले सर्वसाधारणको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । सर्वसाधारणमा आईपीओ निष्कासनको लागि कम्पनीले विक्री प्रवन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिसकेको छ ।   कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ ।

अभियान लघुवित्तले पायो इक्राएनपी– आईआरबीबी माइनस रेटिङ

माघ १३, काठमाडौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले  इक्रा नेपाल लिमिटेडबाट इक्राएनपी–आईआरबीबी माइनस निष्कासनकर्ता रेटिङ पाएको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्राले बताएको छ।  कम्पनीले सर्वसाधारणमा शेयर(आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ ।

मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ निष्कासन गर्न अनुमति

वैशाख ७, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि उक्त रकम बराबरको १ करोड ५० लाख कित्ता आईपीओ विक्रीको लागि वैशाख ५ गते अनुमति दिएको हो ।  अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको रू. ६० करोड बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ विक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।  कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था ( चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर ) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।  पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि विसं २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो । उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले विसं २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो ।  जारी पूँजी रू. ६ अर्ब रहेको उक्त कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो । अब कम्पनीले आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्नेछ ।  कर्मचारीमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । उक्त कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

महिला लघुवित्तको आईपीओ आउँदै, बोर्डबाट पायो स्वीकृति

१४ माघ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । बोर्डले दिएको जानकारी अनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ […]