आईपीओ निष्कासनको तयारीमा रहेको बीपीडब्ल्यू लघुवित्तले पायो इक्राएनपी–आईआर बीबी माइनस रेटिङ

वैशाख ५, काठमाडौं । इक्रा नेपालले बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले बताएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।  रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर) बीबी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ।  उक्त कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गर्ने तयारी गरिरहेको छ। आईपीओ निष्कासनपछि संस्थाको कम्पनीको चुक्तापूँजी ३ करोड रुपैयाँ पुग्नेछ।  कम्पनीले यसअघि नै शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिसकेको छ। 

सम्बन्धित सामग्री

आईपीओ निष्कासनको तयारीमा रहेको अभियान लघुवित्तको नाफा यस वर्ष साढे ९% बढ्यो

वैशाख २२, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष साढे ९ प्रतिशत बढी खुद नाफा गरेको छ ।  गत वर्ष रू. १ करोड २ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ११ लाखभन्दा बढी खुद नाफा गरेको हो । कम्पनीको सञ्चालन नाफा भने ४८ दशमलव २५ प्रतिशत बढी रू. १ करोड ७७ लाख भएको छ । यस वर्ष सम्भावित जोखिम शीर्षकमा कम्पनीले ३५ प्रतिशत कम रू. १ करोड १५ लाख ६६ हजार रकम छुट्याएको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १५ करोड २५ लाख रहेको छ । जगेडा कोष रकम गत वर्ष रू. ८ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १ करोड ९२ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष ३४ प्रतिशत बढी रू. १ अर्ब ७४ करोड कर्जा सापटी लिएको छ भने २७ दशमलव ७६ प्रतिशत बढी रू. २ अर्ब १२ करोड ८४ लाख कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा करिब ७३ प्रतिशत बढी रू. २९ करोड १९ लाख भएको छ ।  कम्पनीको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३ दशमलव ३४ प्रतिशत पुगेको छ ।

आईपीओ निष्कासनको तयारीमा विद्युत् प्राधिकरण

काठमाडौं, फागुन १६ । । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो । प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको […]

आईपीओ निष्कासनको तयारीमा विद्युत् प्राधिकरण

काठमाडौं । पूर्ण सरकारी स्वामित्वमा  रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो । प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए । अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृति दिएपछि शेयर निष्कासन गरिने उनको भनाइ छ । ‘सर्वसाधारणलाई शेयर निष्कासन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको छ,’ आर्थिक अभियानसँग उनले भने, ‘आवश्यक प्रक्रिया पूरा भएपछि शेयर निष्कासन गर्नेछौं ।’ सरकारको स्वीकृतिमा नेपाल विद्युत् प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई शेयर जारी गरिने उनको भनाइ छ । ‘विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो, अब सबै वित्तीय सूचकांकहरूमा उल्लेख्य सुधार आइसकेको छ,’ उनले भने, ‘क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ । अब ऐनमा भएको व्यवस्थाअनुसार शेयर निष्कासन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाउँछौं ।’ यस्तै, प्राधिकरणले ऋण लिने सम्बन्धमा गरेको रेटिङमा इक्रा नेपालले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ दिएको छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्वलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । ‘प्राधिकरणले अहिले विश्व बैंक, एशियाली विकास बैंकजस्ता बहुपक्षीय विकास साझेदार निकायहरूबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ,’ उनले भने, ‘क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको देखाएकाले अब त्यस्ता निकायसँग प्राधिकरणले आफ्नो संस्थागत जमानीमा सीधै ऋण खोज्न र लिन सक्छ ।’ सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत नयाँ आयोजना कार्यान्वयन गर्दा प्राधिकरणले कर्पाेरेट जमानीमा स्रोत परिचालन गर्ने क्षमता विकास गरिने घोषणा गरिएको थियो । सोही अनुसार प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । इक्रा नेपालले प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत् खरीद विक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करीब १ हजार १०० मेगावाटको विद्युत् उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र शेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ ।

आईपीओ निष्कासनको तयारीमा यो लघुवित्त

अभियान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको तयारी गरेको छ।   लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।  अभियान लघुवित्तका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले उक्त सम्झौता—पत्रमा हस्ताक्षर गरेका हुन्। हाल अभियान लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी २...

जडीबुटी कम्पनी आईपीओे निष्कासनको तयारीमा

सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तीन वर्षयतादेखि नाफामा गएपछि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओे) निष्कासनको तयारीमा लागेको छ । ३ वर्षसम्म मुनाफामा गएपछि आईपीओे निष्कासन गर्नुपर्ने प्रावधानअनुसार कम्पनीले चालु आर्थिक वर्षभित्र नै आईपीओ निष्कासन गर्न लागेको हो ।कुनै समय घाटामा रहेको कम्पनी कर्मचारीलाई उपदान दिन बजेट नभएपछि जग्गा बेच्न बाध्य भएको […]

११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा एसियन हाइड्रोपावर

एसियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमतिका लागि निवेदन दिएको छ ।

आईपीओ ल्याउने तयारीमा २८ कम्पनी, कुनैले पनि पाएनन् अनुमति

विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् ।तर, आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेको ती कुनै पनि कम्पनीले पछिल्लो समय अनुमति पाएका छैनन् । खास गरी, सेयर बजारको नियामकको हैसियतमा रहेको धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा आईपीओ निष्कासनको अनुमति नपाएका हुन् ।बोर्डमा १८ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र २ वटा अन्य कम्पनीले अनुमति माग

सञ्चालनमा आएलगत्तै आईपीओ निश्कासनको तयारीमा हायात प्यालेस

हालसालै राजधानीमा सञ्चालनमा आएको पाँच तारे होटल ‘हायात प्यालेस’ साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा जुटेको छ । होटलले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटलसँग सहमति समेत गरिसकेको छ ।हायात प्यालेसका अध्यक्ष शक्ति गोल्यानले कुल लगानीको १० प्रतिशत आईपीओ बिक्री खुलाउने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हामीले आफ्नो तर्फबाट जतिसक्दो चाँडो आईपीओको बिक्री खुलाउने योजना बनाएका छौं ।’यसका लागि हाल कम्पनीको डकुमेन्टेसनको काम भइरहेको छ । क्यापिटलले हायात प्

प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्कासनको तयारीमा हाथवे कम्पनी

हाथवे इन्भेष्टमेन्ट नेपालले सस्तो दरमा आईपीओ निष्कासन गर्ने तयारी सुरु गरेको छ ।

आईपीओ ल्याउने तयारीमा अर्घाखाँची सिमेन्ट

गत आर्थिक वर्ष २०७७/७८ मा प्राइभेटबाट पब्लिक कम्पनी बनेको अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले अर्को आर्थिक वर्षभित्र आईपीओ निष्कासनको तयारी गरेको जनाएको हो ।कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले सर्वसाधारणका लागि सेयर खुलाउने तयारी अगाडी बढिरहेको जानकारी दिए । उनले आईपीओ खुलाउने मिति नतोके पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई सेयर बिक्री गर्ने तयारी भइरहेको बताए  त्यसका लागि कम्पनीले काम अगाडी बढाएको उनको भनाई छ ।यसैगरी, सि