माघ १३, काठमाडौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले इक्रा नेपाल लिमिटेडबाट इक्राएनपी–आईआरबीबी माइनस निष्कासनकर्ता रेटिङ पाएको छ ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्राले बताएको छ।
कम्पनीले सर्वसाधारणमा शेयर(आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ ।