माघ १३, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।
उक्त रेटिङ निष्कासनकर्ताको समान्य क्रेडिट विश्वसनियतासम्बन्धी रायमात्र भएको पनि इक्रा नेपालले बताएको छ । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको बताइएको छ ।
कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले सर्वसाधारणको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो ।
सर्वसाधारणमा आईपीओ निष्कासनको लागि कम्पनीले विक्री प्रवन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ ।