प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकअघि वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले आफूपक्षीय सांसदहरूको भेला बोलाएको छ ।
राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको स्थान हेरिटेज गार्डेन सानेपामा बिहान साढे १० बजे सांसदहरूको भेला बोलाइएको एक सांसदले लोकान्तरलाई जानकारी दिए ।
खनाल–नेपाल पक्षले बिहीवारका लागि ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित नहुने बताएको थियो ।
कार्यकर्ता भेला आयोजना गरिएको थाहा हुँदाहुँदै ओलीले संसदीय दलको ब...