कोइराला समूहले बोलायो छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज बिहीबार छुट्टै भेला बोलाएको छ । भेला बिहीबार दिउँसो २ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड्ल्याडमा बोलाइएको हो । भेलाले खबरदारीपछि संस्थापन समूहले सच्याएर बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ । यस्तै, प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलनमा केन्द्रीत हुने छ ।

सम्बन्धित सामग्री

४० प्रतिशत सिट नपाए शेखर समूह विद्रोहको तयारीमा

काठमाडौं, २९ साउन । नेपाली काँग्रेसको शेखर कोइराला समूह आन्तरिक तयारीमा जुटेको छ । सत्ता गठबन्धन हुँदा नेपाली काँग्रेसको भागमा आउने सिटमध्ये ४० प्रतिशत नपाए विद्रोहको रणनीतिका साथ जुटेको हो । शेखर समूहले छुट्टै भेला डाक्दा सिट बाँडफाँटमा पेलाईमा पर्ने आशंका व्यक्त गरे । उनीहरुले ४० प्रतिशत नपाए विद्रोहको चेतावनी समेत दिए । नेपाली काँग्रेसले […]