उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा लफडा सुरु भएको छ । पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गर्दा आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सांसदहरूले छुट्टै भेला गरेका हुन् । यसरी भेला गर्नेमा जसपाका प्रभावशाली नेता इस्तियाक राईसहितका नेताहरू रहेका छन् । स्रोतका अनुसार राईसहित मिर्गेन्द नारायण यादव, रामबाबु कुमार यादव, प्रमोद&nbs