मोरङ– मोरङ जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट चार सयभन्दा बढीको मृत्यु भएको छ। गत वर्षदेखि हालसम्म कोरोना संक्रमणबाट ४ सय १ जनाको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए। प्रजिअ निरौलाले विराटनगर महानगरपालिकामा मात्रै १ सय ६७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए। प्रदेश राजधानीसमेत रहेको महानगरपालिकामा हालसम्म १२ हजार ७ सय […]