खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन् । गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन(चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन् । शनिबार मात्र चार जनालाई डेंगु पुष्टि भएको छ । कुल संक्रमितमध्ये १२ पुरुष र ११ महिला छन् । ३ वर्षदेखि ७९ वर्षसम्मका स्थानीय बिरामी डेंगुबाट संक्रमित भएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांश बिरामी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक