पाकिस्तानले नयाँ ‘भूआर्थिक भिजन’ सार्वजनिक गरेको छ जसअन्तर्गत शत्रु मुलुक भारतसँगको ‘तीतो विगत बिर्सने’ प्रस्ताव छ । तर यसका लागि भारतले कश्मीर विवादमा ‘खुकुलोपन’ देखाउनुपर्ने शर्त छ ।
पाकिस्तानले शान्तिको यो प्रस्ताव मार्च १८ मा गरेको हो । फेब्रुअरी महिनामा कश्मीरको नियन्त्रण रेखामा १८ वर्ष पुरानो युद्धविराम सम्झौतालाई पुनरुत्थान गर्ने द्विपक्षीय सम्झौता लगत्तै यो प्रस्ताव आएको हो ।
भारतसँग शान्तिको प्रस्ताव राखेर पाकिस्तानले सैन्य भाषा त्याग्दै दक्षिण एसियामा ‘संरचना विक...