काठमाडौं: नेकपा (एकीकृत समाजवादी) ले जेठ २२ गते आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्यो। पार्टी सचिवालय बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन त भएन नै उल्टै त्यसको आलोचना खेप्नुपर्यो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले। पार्टीका मन्त्री र गठबन्धनका नेताहरूले नै नेपालको निर्णय तत्काल कार्यान्वयन नगर्न दबाब…