हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको जनता समाजवादी पार्टी (जसपा) नेपालले बचाउ गरेको छ । मन्त्री यादवको चौतर्फी आलोचना भएकाले पदबाट राजीनामा दिनुपर्ने दबाब बढेपछि जसपाले शनिवार एक विज्ञप्ति जारी गर्दै उनको बचाउ गरेको हो ।
जसपाले मन्त्री यादवको प्रमुख आतिथ्यतामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’ को कार्यक्रमलाई जनमत पार्टीका नेता कार्यकर्ताले कार्यक्रमलाई बिथोल्ने, आतंक मच्चाउने र हिंसा भड्काउने क्रियाकलापमा संलग्न रहेको भनेको छ ।
‘रौतहटमा...