भारत र चीनका सैन्य कमान्डरहरूबीचको १३औं चरणको वार्ता निष्कर्षविहीन रह्यो । दुवै पक्षले एकअर्काका विरुद्ध कडा बयान जारी गरेका छन् ।
पूर्वी लद्दाखका बाँकी क्षेत्रबाट सैनिक फिर्ता गराउन चीन अनिच्छुक रहेको आरोप भारतले लगाएको छ । चीनले चाहिँ भारत अनावश्यक जिद्दी गरिरहेको आरोप लगाएको छ ।
चीनको बयानबाट स्पष्ट हुन्छ– पांगोङ ताल कैलाश रेन्ज तथा भारतका लागि महत्त्वपूर्ण गोगरा पोस्ट नजिक पट्रोलिङ पोस्ट–१७ए भन्दा बाहेक अन्य ठाउँबाट सैनिक हटाउन चीन इच्छुक छैन ।
चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर ...