मुगुको सदरमुकाम गमगढी बजारमा नवराज विक सहितको स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च गरिएको छ । दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य २ वर्ष बितिसक्दा पनि बाहिर ल्याउन नसकेको, अपराधीहरूलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्त रुपमा गमगढी प्रतिरोध मार्च गरेका हुन् । जेठ १० गते अर्थात आज रुकुम नरसंहारको दुई वर्ष पूरा भएको छ । त