जात व्यवस्थाविरुद्ध प्रतिरोध

जात व्यवस्थाविरुद्ध प्रतिरोध दिवसका अवसरमा जातका कारण हत्या गरिएका नवराज विकलगायत ६ जना युवाको सम्झनामा कार्यक्रम गरिएको छ।  प्रतिरोध जनअधिकार आन्दोलन, पुष्पलाल ज्ञानशाला काठमाडौं र सुसेला संगीत समूहको आयोजनामा माइतीघर मण्डलामा...

सम्बन्धित सामग्री

‘जातव्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ प्रदर्शनी सुरु

काठमाडौँ, १५ मङ्सिर । काठमाडौँको नक्सालमा समाजमा चेतना फैलाउने उद्देश्यसहित ‘जातव्यवस्था र यौनिकता: कलामार्फत प्रतिरोध’ शीर्षकमा ललितकला प्रदर्शनी सुरु भएको छ । कलामार्फत जात व्यवस्थाविरुद्ध आवाज उठाउन र समाजलाई सचेत बनाउन उक्त प्रदर्शनी आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । बिहीबारदेखि सुरु भएको प्रदर्शनी यही मङ्सिर २० गतेसम्म चल्नेछ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला […]

‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा चित्रकला प्रदर्शनी हुने

काठमाडौं । ‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा काठमाडौंमा एक साता लामो चित्रकला प्रदर्शनी हुने भएको छ । सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही मंसिर १४ देखि २० गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा चित्रकला प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीबीटीआईक्यू) कलाकारसहित […]

नवराज स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च’

मुगु – मुगुको सदरमुकाम गमगढी बजारमा नवराज विक सहितको स्मृतिमा जात व्यवस्थाविरुद्व ‘गमगढी प्रतिरोध मार्च गरिएको छ । दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य २ वर्ष बितिसक्दा पनि बाहिर ल्याउन नसकेको , अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय  सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्त […]

नवराज स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च’

मुगुको सदरमुकाम गमगढी बजारमा नवराज विक सहितको स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च गरिएको छ । दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य २ वर्ष बितिसक्दा पनि बाहिर ल्याउन नसकेको, अपराधीहरूलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्त रुपमा गमगढी प्रतिरोध मार्च गरेका हुन् ।   जेठ १० गते अर्थात आज रुकुम नरसंहारको दुई वर्ष पूरा भएको छ ।  त

जात व्यवस्थाविरुद्ध ‘भेरी प्रतिरोध मार्च’ (तस्बिरहरू)

काठमाडौं । रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या भएको दुई वर्ष पुगेको सन्दर्भमा जात व्यवस्थाविरुद्व ‘भेरी प्रतिरोध मार्च’ गरिएको छ । मंगलबार काठमाडौंमा नागरिक अगुवाको नेतृत्वमा प्रदर्शन गरिएको हो । पीडितलाई न्याय र दोषीलाई कारबाही हुनुपर्ने मागसहित प्रदर्शन गरियो । प्रदर्शनमा सहभागीले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । दुई...

न्यायको पर्खाइमा रुकुम नरसंहारका पीडित, तस्बिरहरू

जाजरकोटका नवराज विकसहित ६ जना मारिएको दिनलाई जात व्यवस्थाविरुद्धको प्रतिरोध दिवसका रूपमा मनाइएको छ । दुई वर्षअघि आजकै दिन अन्तरजातीय प्रेम गरेको भन्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा विक र उनका ५ जना साथीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो । मारिनेमा विकसहित उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाही थिए । संसदीय विशेष समितिले उक्त घटना जातीय विभेद र छुवाछुतकै कारण भएको निष्कर्ष निकाले पनि हालसम्म पीडित पक्षले न्याय पाउन सके

भेरी घटनाको २ वर्ष पूरा : माइतीघरमा ‘भेरी प्रतिरोध मार्च’

काठमाडौं : भेरी घटनाको २ वर्ष पुगेको अवसरमा आज काठमाडौंमा मार्च गरिएको छ। माइतीघरमा युवाले ‘भेरी प्रतिरोध मार्च’ गरेका हुन्। मार्चमा सहभागीहरुले ‘जुन थितिमा जात छ, मान्छे त्यहाँ दास छ’, ‘धर्मको आड लिएर जातको सत्ता बनायौ, जातकै सत्ता पालेर प्रेमको घाँटी समायौ’ लगायतका पर्चा बोकेर प्रदर्शन गरेका थिए। २०७७ साल…

नवराज विकसहितको स्मृतिमा जात व्यवस्थाविरुद्व ‘भेरी प्रतिरोध मार्च’ हुने

रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको दुई वर्ष पुगेको सन्दर्भमा नागरिक अगुवाहरूले जात व्यवस्थाविरुद्व भेरी प्रतिरोध मार्च गर्ने भएका छन् ।

हरेक क्षेत्रमा हुने विभेदविरुद्ध प्रदर्शन

काठमाडौं। हरेक क्षेत्रमा हुने विभेदविरुद्ध प्रतिरोध जनाधिकार आन्दोलन समूहले विरोध प्रदर्शन गरेको छ। सो समूहले बिहीबार माइतीघरमा जम्मा भई विभिन्न जात, लिङ्ग, वर्ण आदिमा हुने विभेदविरुद्ध प्रदर्शन गरेको हो। ‘प्रतिरोध जनाधिकार आन्दोलन समूह’ले आयोजना गरेको उक्त प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वर पुगेर टुङ्गिएको थियो। कार्यक्रममा विभिन्न कवि, गायकलगायतको उपस्थिति भएको थियो भने उनीहरूले कविता वाचनसहित गीत प्रस्तुत गरेका थिए।

नवराज विकको सम्झनामा जेठ १० गते प्रतिरोध दिवस मनाइँदै

बृहत् नागरिक आन्दोलनको ब्यानरमा जेठ १० गते प्रेम विरोधी जात व्यवस्थाको प्रतिरोध दिवस मनाइने भएको छ । गत वर्ष गैर जातीय विवाहको विषयलाई लिएर निम्तिएको विवादपछि जाजरकोटका नवराज विश्वकर्मा र उनको पाँचजना साथीहरुको रुकुम पश्चिममा सामूहिक हत्या भएको थियो ।जात व्यवस्थाको हिंस्रक चरित्र उजागर गर्ने त्यस हत्याकाण्डको प्रतिरोधी सम्झना गर्नेगरी जेठ १० मै प्रतिरोध दिवसको कार्यक्रम राखिएको बृहद नागरिक आन्दोलनले जनाएको छ । यस दिवसका अवसरमा केही दिनअघिदेखि नै विभिन्न व्यक्तिहरुको कविता, कला तथा भिडियो अभिव्यक