नवराज विकको सम्झनामा जेठ १० गते प्रतिरोध दिवस मनाइँदै

बृहत् नागरिक आन्दोलनको ब्यानरमा जेठ १० गते प्रेम विरोधी जात व्यवस्थाको प्रतिरोध दिवस मनाइने भएको छ । गत वर्ष गैर जातीय विवाहको विषयलाई लिएर निम्तिएको विवादपछि जाजरकोटका नवराज विश्वकर्मा र उनको पाँचजना साथीहरुको रुकुम पश्चिममा सामूहिक हत्या भएको थियो ।जात व्यवस्थाको हिंस्रक चरित्र उजागर गर्ने त्यस हत्याकाण्डको प्रतिरोधी सम्झना गर्नेगरी जेठ १० मै प्रतिरोध दिवसको कार्यक्रम राखिएको बृहद नागरिक आन्दोलनले जनाएको छ । यस दिवसका अवसरमा केही दिनअघिदेखि नै विभिन्न व्यक्तिहरुको कविता, कला तथा भिडियो अभिव्यक