श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिसन’ स्थापना गरेको छ । काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । ‘नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेको रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौंस्थित श्रम तथा रोजगार कार्यालय, ताहाचलको पर