वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयहरूलाई थप अधिकार प्रत्यायोजन गरेको छ । विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिने अधिकार दिएको छ । त्यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ बमोजिम विज्ञापन गरे÷नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने, तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने अधिकार पनि पाएका छन् । वैदेशिक