काठमाडौं । इसेवा मनि ट्रान्स्फरले सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गर्ने घर सार्वजनिक गरिएको छ । ६ महीनाअघि अभियान शुरू गरेको कम्पनीले रेमिट्यान्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्ने जानकारी दिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले सार्वजनिक गरेको हो । साथै सेवाग्राहीको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै यो योजना २ महीनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म कायमै राख्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बम्पर उपहारको छनौट प्रक्रिया २०८० जेठ १२ गते गरिने कम्पनीको भनाइ छ ।