खाेटाङ - भूकम्पले २ वटा घर भत्किए, १७ घर चर्किए

खोटाङ – खोटाङको साकेला गाउँपालिका ५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुई वटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गङ्गा राई र हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो । भूकम्पले मात्तिमबिर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताउनुभयो । अहिलेसम्म मानवीय क्षति भएकोबारे जानकारी नआएको प्रशासनले जनाएको छ । भूकम्पलगत्तै साकेला गाउँपालिकाका पाँच वटै वडामा क्ष...

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको सेखुवामा सडक भासियो

खाेटाङ – पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा सडक भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको झण्डै ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर गाडीको आवत–जावत व्यवस्थापन गरिएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा झण्डै १० देखि २० सेन्टिमिटर भासिएको थियो । यसपटक बर्खामा झण्डै एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको...