गोरखामा बाढी : बूढीगण्डकीले सल्लेरीका चार घर बगायो, उद्धार गर्न सकिएन

गोरखा : लगातार तीन दिनदेखि परेको वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका-३, सल्लेरीमा चारवटा घर बाढीले बगाएको छ। गएराति बूढीगण्डकी नदीमा आएको बाढीले घर बगाएपछि त्यहाँका स्थानीयहरूले भीरपाखामा बसेर रात काटेका छन्। प्राप्त जानकारीअनुसार बूढीगण्डकी नदी बस्तीमा पस्दा स्थानीयवासी सुन्दर गुरुङ, सूर्यबहादुर गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको हो। सल्लेरीमा २७ घरधुरी छ।गएराति बूढीगण्डकी नदीमा आएको बाढीले सल्लेरीमा तीन घर बगाएको र आधा दर्जनभन्दा बढी घर उच्च जोखिममा रहेको गो

सम्बन्धित सामग्री

जनप्रतिनिधि बाढीपीडितका उद्धार र राहत वितरणमा व्यस्त

टीकापुर, २५ असोज । कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका डुबानमा परेका छन् । बाढीले टीकापुरका वडा नं २, ५ र ८ मा सयौँ घर डुबानमा परेका छन् । वडा नं २ मा रानीकुलो विभिन्न […]

दार्चुलामा बाढी, पाँच जनाको मृत्यु, चार जना वेपत्ता

काठमाडौं। दार्चुलामा शुक्रबार रातिदेखि अविरल वर्षाको कारण बाढी आएको छ। उक्त बाढीले १३ वटा घर बगाएको छ । बाढीको कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना वपत्ता छन्। बाढिले घर भत्काउने क्रम जारी रहेको हुँदा सेना प्रहरी, सशस्त्र र स्थानीयले उद्धार गरिरहेका छन्।

बाढी-पहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारकाे ध्यानाकर्षण

काठमाडाैँ- सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढी-पहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्। सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा […]

सप्तकोशीको बाढी तस्वीरमा

विराटनगर : सप्तकोशीले कटान क्षेत्र बेलका नगरपालिका-८ डुम्रीबोटेबाट धार परिवर्तन भएर बस्तीमा बाढी पसेको छ।उदयपुर जिल्लाको बेलका नगरपालिकाका वडा नं ९ र ३ का ३९ घर परिवार बाढीले विस्थापित भएका छन्।सशस्त्र प्रहरीको उद्धार टोलीले बाढीग्रस्त क्षेत्रबाट ४० जनाको उद्धार गरेको थियो।कोशीले फेरि धार फेरेर पुरानो धारबाट बग्न खोजेको स्थानीय गोविन्द प्रधानले बताए।कोशीमा आएको बाढी तस्वीरमाः

बाढीले बाजुराका चार घर बगायो, २३ जनाको उद्धार

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार बडिमालिका नगरपालिका-२ भौनेरामा आएको बाढीका कारण चार घर बगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ ।यस्तै, नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोलीले बाढी प्रभावित २३ जनाको उद्धार गरेक

उपत्यकामा चार सय घर डुवानमा, साढे दुई सयको उद्धार

काठमाडौं । आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले साढे दुई सय बढीको सकुशल उद्धार गरेको छ । बाढीबाट प्रभावित उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ । करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उद्धार गरिएकामा काठमाडौंबाट दुई सय […] The post उपत्यकामा चार सय घर डुवानमा, साढे दुई सयको उद्धार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चीनमा बाढी प्रभावित दश हजार बढी नागरिकको उद्धार : कम्तीमा १२ जनाको ज्यान गयो

काठमाण्डाै – चीनमा मुसलधारे पानीका कारण आएको बाढीमा प्रभावित दश हजार बढी नागरिकको उद्धार गरिएको छ । ​हेनान प्रान्तका उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । मध्य चीनमा बाढी आएसँगै मानिसहरू घर छोड्न बाध्य भएका छन् । रेल स्टेशन र सडक डुबानमा परेका छन् । मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन् । बाढीमा कम्तीमा १२ जनाको ज्यान गएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । झण्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको हेनान प्रान्तमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ । बाढी आउनुमा...

बाढी पीडितका लागि हेलम्बुमा सेनाले बनाइदियो यस्ता घर

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि विस्तापित सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ४ स्थित गल्थुम र माझिटार ईलाकामा नेपाली सेनाको उद्धार टोलीले बाढीबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि दुई स्थानमा सात/सात वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ । तस्वीर : नारायण न्यौपाने, रासस

बाढीले स्याङ्जाका ८ घर बगायो

स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणी बजारमा बाढी पस्दा ८ घर पूर्णरूपमा क्षति भएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीको बाढी घरहरूभित्र पस्दा ८ घर पूर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ ।नदीको पानी घरभित्र पसे पनि स्थानीय सर्वसाधारण, जनप्रतिनिधि र रेडक्रसको सहकार्यमा उद्धार गर्दा मानवीय र चौपाय क्षति नभएको जिल्ला प्रहरी कार्यालय […]