भरतपुरमा रेनु दाहालसँग विजय सुवेदीले बनाए ६१ मतको अग्रता

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गन्दासम्म सुवेदी ४ हजार ४०० मत पाएर अग्रस्थानमा रहँदा दाहालले ४ हजार ३३९ मत पाएकी छन् ।प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएर तेस्रो स्थानमा छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १०३ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ४८३ मत छ ।

सम्बन्धित सामग्री

अग्रता बढाउँदै रेनु दाहाल, २०२० मतले पछि परे विजय

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । उनले पछिल्लो मतपरिणामअनुसार  २०२० मतको अग्रता बनाएकी हुन् । हालसम्म ३०५५४ मत  गणना गर्दा दाहालले १११९५ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदी पछि परेका छन् । उनले जम्मा ९०७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५००३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३३५५ मत प्राप्त गर्दा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ७४४३ मत पाएकी छन्

भरतपुर महानगरपालिकाः तीन मतकाे अन्तरले रेनुको अग्रता कायमै

विजय सुवेदी, नेकपा (एमाले) – ५२४३, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५२५३, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५०१...

भरतपुरमा रेनु दाहाल १२ मतान्तरले अगाडि, विजय सुवेदी पछ्याउँदै

भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालले पुनः अग्रता लिएकी छन् ।

भरतपुरमा फेरि रेनु दाहाल अघि, विजय सुवेदी १२ मतले पछि

चितवन – भरतपुर महानगरपालिकाकाे मेयर प्रतिस्पर्धा तीव्र भइरहेकाे छ । ताजा मतगणनाअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फेरि अग्रता लिनुभएकाे छ ।  दाहालले ५ हजार ३९ मतसहित अग्रता लिनुभएकाे हाे । उहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२ मतले अघि हुनुहुन्छ । सुवेदीले ५ हजार २७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले २ हजार ३ सय ५५ मत पुर्‍याउनुभएकाे छ ।  यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ६ हजार ४३ मत पाउनु भएको छ । एमाल...

भरतपुर महानगरपालिकामा पुनः रेनुको अग्रता

भरतपुर महानगरपालिकामा ८०८५ मतपत्र  गणना सकिएको छ । गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल २९१८ मत ल्याएर अर्का उम्मेदवार एमालेका विजय सुवेदी भन्दा ३ मतले पुनः अग्रता लिएकी छन् ।  सुवेदीले २९१५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका  चित्रसेन अधिकारी ३१९६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३१६ मत पाएकी छन् ।

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १४ मतले पछि परिन्

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ७ हजार ४ सय ७७ मत गणना भएको छ । जसमा एमाले राप्रपा गठबन्धनका मेयरका उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले २६ सय ९३ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार बनेकी दाहालले २६ सय ७९ मत ल्याएकी छन् । पछिल्लो […]

भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु दाहाल

काठमाडौं- भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदी ९२ मतले पछि परेका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले तेस्रो मत पाएका छन्।। पछिल्लो मत परिणाम अनुसार रेनुले ७६३ मत ल्याउँदा एमालेका सुवेदीले ६७० मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले २५६ मत […]

भरतपुरमा एमालेका विजय सुबेदीकाे अग्रता

चितवन- भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । मेयरमा विजय सुवेदी (एमाले) : ६६ रेनु दाहाल (माओवादी) : ५१ जगन्नाथ पौडेल (स्वतन्त्र) : १३ उपमेयरमा चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७ हिमला गुरुङ्ग (राप्रपा) : ४५ वडा अध्यक्षमा शुक्र श्रेष्ठ (एमाले) : […]

भरतपुर महानगरमा रेणुकाे अग्रता (अपडेट)

भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् ।...

२८ मत गन्दा रेनु दाहाल पछाडि, १ मतले विजयको अग्रता

भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् । रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।