अघिल्लो साताभरि घटेको बजार नेपालीको महान् पर्व दसैँ नजिकिँदै गर्दा लगानीकर्ता केही उत्साहित बनेका छन् । यस साता चार दिन खुलेको सेयर कारोबारमा तीन दिन नेप्से सूचकमा हरियाली छायो । नेप्से परिसूचक...
काठमाडौं । भारत धेरैले चासोका साथ हेरिरहेको अर्को मुख्य अर्थतन्त्र हो । यो वर्षको शुरुमा भारत चीनलाई उछिनेर विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश बन्यो । युवा जनसंख्या विश्वमै सबैभन्दा धेरै छ । चीन विगत ४० वर्षदेखि विश्वको कारखानाको रूपमा रहँदै आएको छ । कोरोना भाइरसको महामारीबीच चीनको कठोर कोभिड नीतिले गर्दा विश्वको आपूर्ति शृङ्खला नै चौपट बन्यो ।
यो घटनाले चीनमै थुप्रिएर बसेको उत्पादन बेसलाई विविधीकृत गर्नु पर्ने आवश्यकता कम्पनीहरूलाई महसुस भयो । चीनबाट उत्पादन बेस अन्यत्र सार्न खोज्ने कम्पनीका लागि भारत नयाँ आकर्षण बनेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले पनि भारतलाई उत्पादनको मामिलामा नयाँ चीन बनाउन खोजिरहेका छन् । भारतमा लगानी गर्न चाहने कम्पनीहरू धेरै छन् ।
यसमा टेस्ला र स्पेस एक्सका सीईओ र एप्पल समेत छन् । लगानीकर्ताहरूले पनि भारत उदीयमान बजार भएकाले त्यहाँ वास्तविक भविष्य बताइरहेका छन् । तर, भारतमा व्यवसाय सञ्चालन गर्न सजिलो छैन । यसका केही कारण छन् ।
१. भारतको आत्मनिर्भर बन्ने अभियान
भारत व्यापार संरक्षणवादमा चुर्लुम्म डुबेको देश हो । मोदी सत्तामा आएयता नै आर्थिक सुधारको वाचा गरेका थिए । विदेशी प्रत्यक्ष लगानी नीतिहरूलाई उनले खुकुलो पनि पारेका छन् । तर, मोदी सरकारले भारतलाई आत्मनिर्भर बनाउन 'आत्मनिर्भर भारत' अभियान पनि चलाइरहेका छन् । यी दुवै लक्ष्य एक अर्काको तगारो होइन । तर, भारतमा व्यवसाय गरिरहेका कम्पनीहरूले जटिल खालको स्थितिको सामना गर्न सक्छन् ।
भारतीय अधिकारीहरूले अमेरिकी निर्यातकर्ताहरूलाई बजारमा पहुँच कायम गर्न स्थानीय स्तरमै सामान बनाउन दबाब दिइरहेको अमेरिकी अन्तरराष्ट्रिय व्यापार प्रशासन (आईटीए)ले सेप्टेम्बरमा एउटा प्रतिवेदनमा भनेको थियो । भारतले घरेलु आपूर्तिकर्तालाई टेवा दिन अधिकांश क्षेत्रमा शुल्क र गैर–शुल्क अवरोध पनि बढाइरहेको छ ।
२. भारतको आयात कर प्रमुख अर्थतन्त्रमध्ये सबैभन्दा धेरै
सन् २०२१ मा भारतको औसत आयात शुल्क १८ दशमलव ३ प्रतिशत भएको विश्व बैंकको तथ्यांकले देखाएको छ । अमेरिकामा यो दर ३ दशमलव ४ प्रतिशत छ । आयातित कारमा ७० प्रतिशतसम्म कर छ । मस्कले जुन २१ मा भारतको आयात विश्वमै धेरै भएको भन्दै गुनासो गरेका थिए । तर, भारतको विशाल अटो बजार टेस्लाले त्यतिकै छोड्ने वाला भने छैन । टेस्ला छिटै भारतमा हुनेमा आफू विश्वस्त रहेको मस्कले पत्रकारहरूसमक्ष भनेका थिए ।
३. कर्मचारीतन्त्र र सरकारी कामकाजमा डरलाग्दो ढिलासुस्ती
युवा जनसंख्या धेरै भएको विशाल अर्थतन्त्र भएकोले म्यानुफ्याक्चरिङ पावरहाउस बन्न सक्ने सम्भावना भारतसँग छ । तर, यहाँको कर्मचारीतन्त्र र सरकारी कामकाजमा ढिलासुस्ती कुख्यात छ । कम्पनीहरू आएर सजिलै व्यवसाय गर्न सक्ने ठाउँ होइन । अनुपालना नै यति धेरै छन् कि त्यो पूरा गर्नमै धेरै समय नष्ट हुने बजार अनुसन्धाता कम्पनी फरेष्टरका अनुसन्धान निर्देशक आशुतोष शर्माले इन्साइडरसँग भनेका थिए ।
विश्व बैंकको इज अफ डुइङ बिजनेशको सन् २०१९ को संस्करणमा भारत ६३ औं स्थानमा थियो । चीनको तुलनामा यो निकै तल हो । चीन सूचीको ३१ औं स्थानमा थियो । ५ वर्षअघिको तुलनामा यो निकै राम्रो हो । सन् २०१४ को सूचीमा भारत १४२ औं स्थानमा थियो ।
४. शक्तिशाली राज्य सरकार
भारतमा निर्णय प्रक्रिया अलि जटिल छ । संघीय प्रणाली भएकोले शक्ति र निर्णय गर्ने कुरालाई विकेन्द्रीकृत गरिएको छ । स्थानीय राज्यहरूलाई धेरै शक्ति दिइएको छ । हरेकको व्यवसाय सञ्चालनका आ–आफ्नै शर्तहरू छन् । भारतमा पनि अनुपालना र लाइसेन्सिङको समस्या छ । तर, त्यहाँ काम भारतभन्दा छिटै हुने शमाएको भनाइ छ । भारतमा व्यवसाय विस्तार गर्न लामो योजना अवधि चाहिन्छ । हरेक राज्यका लागि फेरि छुट्टाछुट्टै योजना बनाउनु पर्यो ।
५. अर्थतन्त्रमा औंलामा गन्न सकिने भारतीय टाइकुनको हालीमुहाली
भारत ठूलो अनि उदीयमान बजार हो । कयौं भारतीय टाइकुनहरूले उपभोक्ता बेसबाट आफ्नो व्यावसायिक साम्राज्य खडा गरेका छन् । विदेशी कम्पनीहरूले भारतमा टेक्ने ठाउँ त पाउँछन् । तर, बजार हिस्साका लागि उनीहरूले यिनै टाइकुनहरूसँग नलडी हुन्न । मस्कले भारतमा स्टारलिंक लञ्च गर्न खोजेका छन् । भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी र उनीबीच यस कुरामा लडाइँ चलिरहेको छ ।
भारत सरकारले सेटलाइट ब्रोडब्यान्ड स्पेक्ट्रम कसरी बाँड्नु पर्छ भन्नेबारेमा मस्कको स्पेश एक्स र अम्बानीको रिलायन्सको अडान फरक छ । सेटलाइट सेवाको लागि विश्वभर अभ्यास भएजस्तै भारतले पनि लाइसेन्स दिनु पर्ने मस्कको भनाइ छ । अम्बानीले भने सार्वजनिक लिलामी गरेर दिनु पर्ने भनिरहेका छन् । एजेन्सी
नेप्से परिसूचक बुधबार ५९ दशमलव ५४ अंकले बढेर एक हजार नौ सय ८६ दशमलव ८२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ४२ अंकले...
निरन्तर बढिरहेको नेप्से सूूचक साताको सोमबार पनि सकारात्मक बनेको छ । बजार सूूचक कारोबार अवधिभर उत्तारचढाव भइरह्यो । लगानीकर्ता नाफा बुुक गर्ने होडले पनि बजारमा चाप परेको हो ।
साताको दोस्रो नेप्से सूूचक तीन...
अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय २ पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्र्याएको हो । अन्य बाइकको तुलनामा यसले निकै कम उर्जा खपत गर्ने र यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने दाबी कम्पनीको छ । पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्ने बताईएको छ ।बाइक सार्वजनिक समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याका लागि नेपाल जिम्मेवार नरहेपनि प्रभाव भने परिरहेको बताएकी छिन् ।उनले भनिन्, “भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ, विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ । त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले याक बाइक्सलाई नेपालमा भित्र्याएको हो ।’’जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न याक बाइक्स यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ।“
साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ६० दशमलव ४१ अंकले बढेर दुई हजार पाँच सय ८४ दशमलव ९१ बिन्दुमा पुगेको छ । यसअघि दुई हजार पाँच सयबाट कारोबार नेप्से सूचक...
कात्तिक २३, टोकियो । कोरोना भाइरसको महामारीको चपेटामा परेको अर्थतन्त्रलाई उकास्न जापानले ३०० खर्ब येनभन्दा बढीको स्टिमुलस ल्याउने योजना बनाइरहेको छ ।
यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै स्थानीय सञ्चार माध्यम क्योदो न्यूजले समाचार छापेको छ । यस प्याकेजमा १८ वर्ष वा सो भन्दा कम उमेरका सबै बालबालिकाहरुलाई १ लाख येन नगद वितरण गर्ने योजनाहरु पनि छ ।
यसमा घरेलु पयर्टन क्षेत्रलाई टेवा दिनका लागि ल्याइएको ‘गो टू टाभल’ अभियान पुनः सञ्चालनमा ल्याउने योजना पनि भएको बताइएको छ । प्रधानमन्त्री फुमिओ किशिदाले यस अघि नै सयौं खर्ब येन बराबरको स्टिमुलस प्याकेज ल्याइने बताएका थिए ।
सरकारले यसका लागि चाहिने रकम आर्थिक वर्ष २०२० को बजेटमा बाँकी रहेको रकमबाट जोहो गर्ने भएको छ । नपुगेको रकम ऋणपत्र जारी गरेर व्यवस्था गरिनेछ । एजेन्सी
९ माघ, काठमाडौं । नेप्से परिसूचक १३९३ अंकमा अड्डिएको छ । करिब १० अंकले नेप्से घटेको हो । पुस १६ गते १३९० मा पुगेर फर्किएको नेप्से परिसूचक मंगलवार पुनः यही विन्दुमा आइपुगेको छ ।
लाभांश प्राप्त गर्ने अवधि सकिनु, बैंक तथा वित्तीय संस्थामा पुँजी अभाव हुनु, सेयर ग्राहकको पहिचानमा धितोपत्र बोर्डले …
१६ पुस, काठमाडौं । दुई सातामा नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ९४ अंक गुमाउँदा सेयर बजारमा कारोबार रकम भने क्रमिक रुपमा वृद्धि भयो, गत साता ।
अघिल्लो साताको तुलनामा चार दिन मात्र कारोबार भए पनि बजारमा कारोबार रकममा चार प्रतिशतले वृद्धि भएर दुई अर्ब ६८ करोड रुपैयाँको खरिद-बिक्री भयो । बजारमा केही …