कात्तिक २३, टोकियो । कोरोना भाइरसको महामारीको चपेटामा परेको अर्थतन्त्रलाई उकास्न जापानले ३०० खर्ब येनभन्दा बढीको स्टिमुलस ल्याउने योजना बनाइरहेको छ ।
यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै स्थानीय सञ्चार माध्यम क्योदो न्यूजले समाचार छापेको छ । यस प्याकेजमा १८ वर्ष वा सो भन्दा कम उमेरका सबै बालबालिकाहरुलाई १ लाख येन नगद वितरण गर्ने योजनाहरु पनि छ ।
यसमा घरेलु पयर्टन क्षेत्रलाई टेवा दिनका लागि ल्याइएको ‘गो टू टाभल’ अभियान पुनः सञ्चालनमा ल्याउने योजना पनि भएको बताइएको छ । प्रधानमन्त्री फुमिओ किशिदाले यस अघि नै सयौं खर्ब येन बराबरको स्टिमुलस प्याकेज ल्याइने बताएका थिए ।
सरकारले यसका लागि चाहिने रकम आर्थिक वर्ष २०२० को बजेटमा बाँकी रहेको रकमबाट जोहो गर्ने भएको छ । नपुगेको रकम ऋणपत्र जारी गरेर व्यवस्था गरिनेछ । एजेन्सी