कलैया उपमहानगरपालिकासहित जिल्लाका आधा दर्जन स्थानीय तहको आर्थिक लगानीमा पाँच महिनाअघि खरिद गरिएको पीसीआर मेसिन प्रयोगविहीन बनेको छ । मेसिनको ८५ लाख, जेनेरेटर र कम्प्युटरसहित १ करोड खर्चमा उपमहानगरपालिकाले उक्त मेसिन खरिद गरी जडान गरेको थियो । एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमताको उक्त मेसिन जडान गरिए पनि सञ्चालन नहुँदा कोठाभित्र थन्क्याइएको छ ।