चौतारा अस्पतालमा पीसीआर मेसिन सञ्चालन

जिल्ला अस्पतालमा कोरोना परीक्षण गर्न पीसीआर मेसिन जडान भएसँगै स्वाब परीक्षणका लागि बाहिर पठाउनुपर्ने वाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

चौरजहारीको पीसीआर ल्याब पुनः सञ्चालन

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा रहेको पीसीआर ल्याब पुनः सञ्चालनमा ल्याइएको छ । चौरजहारी नगरपालिकामा झन्डै ६ महिनापछि पीसीआर ल्याब पुनः सञ्चालनमा आएको  हो । कोरोना महामारीको दोस्रो लहर फैलिन थालेपछि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको हो । आर्थिक समस्याका कारण बन्द पीसीआर ल्याब ६ महिनापछि पुनः सुरु भएको हो । बजेट अभावका कारण किट, जनशक्ति तथा आवश्यक सामग्री व्यवस्थापनमा समस्या भएपछि प्रयोगशाला बन्द थियो । जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको लहर तीव्र रूपमा फैलिएपछि प्रयोगशाला पुनः प्रयोगमा ल्याइएको नगर स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले  जानकारी दिए । उनले भने,  ‘तत्काल करिब २ सय किट खरिद गरिएको छ । जिल्लामा संकलित स्वाब परीक्षणका लागि सुर्खेत पठाउनुपर्ने बाध्यता रहेकाले ल्याब सुरु गरेका हौं  ।’ कोरोनाको संक्रमण दर बढेसँगै नगरपालिका आफैंले किट, पीपीई सेटलगायतका सामग्री र जनशक्ति व्यवस्थापन गरेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । केही सामग्री र जनशक्ति अभावका कारण प्रयोगशालामा क्षमताको ५० प्रतिशत मात्र नमुना परिक्षण भइरहेको छ । प्रयोगशालाका लागि कर्णाली प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि निकासा नभएको नगर उपप्रमुख राधा रोकाले बताइन् । कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले आफ्नै लगानीमा प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । गत वर्ष  १ करोड २३ लाख रुपैयाँ खर्चिएर नगरपालिकाले प्रयोगशाला स्थापना गरेको थियो ।

भरतपुर अस्पतालमा थन्कियो दाताले दिएको स्वचालित पीसीआर मेसिन

२२ वैशाख, चितवन । चितवनको भरतपुर अस्पताललाई गत वर्ष भदौ २५ गते दाताले दिएको स्वचालित पीसीआर परीक्षण मेसिन अहिलेसम्म सञ्चालनमा आएको छैन । कोरोनाको नमुना संकलन र परीक्षणको चाप बढ्दै जाँदा पनि अस्पतालले मेसिन सञ्चालन गर्न …

प्रयोगमै आएन पीसीआर मेसिन

कलैया उपमहानगरपालिकासहित जिल्लाका आधा दर्जन स्थानीय तहको आर्थिक लगानीमा पाँच महिनाअघि खरिद गरिएको पीसीआर मेसिन प्रयोगविहीन बनेको छ । मेसिनको ८५ लाख, जेनेरेटर र कम्प्युटरसहित १ करोड खर्चमा उपमहानगरपालिकाले उक्त मेसिन खरिद गरी जडान गरेको थियो । एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमताको उक्त मेसिन जडान गरिए पनि सञ्चालन नहुँदा कोठाभित्र थन्क्याइएको छ ।

विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद, कोशी अस्पतालमा सञ्चालन गरिने

विराटनगर : विराटनगर महानगरपालिकामा स्थानीय उद्योगी–व्यापारीबाट चन्दा उठाएर खरिद गरिएको पीसीआर मेसिन कोशी अस्पतालमा सञ्चालन गरिने भएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रियतामा विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद गरिएको हो। प्रमुख पराजुलीले पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिए। मेसिन आइतवार दिउँसो विराटनगर आइपुगेको छ। प्रमुख पराजुलीका

बारामा स्थानीय तहहरुले पीसीआर मेसिन खरिद गर्ने

२७ साउन, वीरगञ्ज । बारामा स्थानीय तहले रकम उठाएर कोरोना संक्रमण परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने भएका छन् । मेसिन खरिद तथा सञ्चालन व्यवस्थापनका लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गरी बैठकले उपमहानगरपालिकाले १४.५ …

सीसीएमसीको अनुमति पर्खाइमा महानगरको पीसीआर परीक्षण

वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिनबाट कोरोना परीक्षण कोभिड–१९ क्राइसिस म्यानेजमेण्ट कमिति (सीसीएमसी) को पर्खामा छ । समुदाय स्तरमा परीक्षणका लागि सम्पूर्ण तयारी गरे पनि कोरोना संकट व्यवस्थापन उच्चस्तरीय समिति (सीसीएमसी) को अनुमति नपाउँदा परीक्षणमा ढिलाइ भएको छ । वीरगन्ज महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि ‘एक घर एक परीक्षण’ को अभियान सञ्चालन गर्न पीसीआर मेसिन नारायणी अस्पतालको प्रयोगशालामा जडान गरी परीक्षण सञ्चालनमा छ ।

https://www.onlinekhabar.com/2020/06/877147

१४ असार, डोटी । असार १० गतेभित्र पीसीआर मेसिन जिल्लामा पुग्छ, कहिलेबाट सञ्चालन ल्याउने भन्ने सम्बन्धित जिल्ला अस्पतालले तयारी गर्नुपर्‍यो' सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीका निर्देशक डा. गुणराज अवस्थीले भनेका थिए । प्रदेश सरकारले चेत १५ …

https://www.onlinekhabar.com/2020/05/860954

२३ वैशाख, काठमाडौं । आरएनए एक्ट्रयाक्सन किट नहुँदा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण रोकियो । कोशी अस्पतालमा अटोमेटिक मेसिन बन्द भयो । जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि जडान भएको पीसीआर मेसिन सञ्चालन हुन …

https://www.onlinekhabar.com/2020/05/860562

२१ वैशाख, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन । पीसीआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा. मङ्गल …