दुई हप्ताभन्दा लामो समयसम्म स्वाब परीक्षणको नतिजा नआउँदा कोरोना फैलिएको भन्दै जिल्लामा पिसिआर मेसिन खरिद गर्न लागिएको छ ।
मेसिन खरिद गर्न सबै पालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग रकम माग गरी पिसिआर मेसिन खरिद गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए ।
रुकुमपश्चिमको चौरजहारीमा रहेको पिसिआर प्रयोगशालाले स्वाब परीक्षण गरेको बजेट माग्न थालेपछि थप समस्या भएको छ । जाजरकोटका सबै पालिकामा स्वाब परीक्षण गरेवापत चौरजहारी नगरपालिकाले बजेट माग गर्दै पत्राचारसमेत गरेको छ । अहिले पैस...