दोलखा सदरमुकाम चरिकोटमा पनि कोरोना भाइरस (कोभिड–१९) परक्षणका लागि बुधबारबाट पीसीआर प्रयोगशाला सञ्चालनमा आएको छ । चरिकोट अस्पतालको प्रयोगशालामा पीसीआर मेसिन सञ्चालनमा आएसँगै अब पीसीआर परीक्षणका लागि अन्यत्र लैजानु पर्ने झन्झट सकिएको छ ।अत्याधुनिक प्रविधियुक्त पीसीआर प्रयोगशालामा एक पटकमा ३२ वटा नमुना परीक्षण गर्न सकिने र तीन घण्टाभित्र रिपोर्ट दिन सकिने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका […]