खोटाङ - जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलमा रहेकाे जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिरामी बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो ।
जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका र उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले जानकारी दिनुभयो । 'एनेस्थेसियाका सहायक...