काठमाडौं, ११ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को असोज १० गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहमतिअनुसार सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय समिति तत्काल गठन गर्न सरकारसँग माग गरेको छ। सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लंघन गरेको भन्दै बैठकले रोषसमेत प्रकट गरेको छ। रास्वपाको उक्त बैठकले पार्टीगत तथा देशका समसामयिक विषयमा १० वटा निर्णय गरेको छ।