धनुषा – मधेस प्रदेश सरकारले अघिल्लो सरकारले गरेका कामको समीक्षा गर्न उच्चस्तरीय समिति गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र मन्त्रीहरूको शपथ ग्रहणपछि आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयलाई कार्यान्वयन गर्दै समिति गठन गरिएको हो ।
अघिल्लो प्रदेश सरकारले गएकाे पाँच वर्षमा गरेका कामको समीक्षा गर्ने निर्णय गर्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारले मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरूमा अर्थ, उद्योग, प...