काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुन: गठन गरेका छन्।
माओवादी केन्द्रसहित कांग्रेस र जसपाले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै उनले मन्त्रिपरिषद् पुन:गठन गरेका हुन्। अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी केन्द्रबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका…