काठमाडौं : लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनको आव्हान गर्न माग गर्दै दलहरुले प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर बुझाएका छन्।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले प्रदेश प्रमुख अमिक शेरचन समक्ष बहुमत ४१ सांसदको हस्ताक्षर बुझाएका हुन्।उनीहरुले संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री बनेका शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको माग गरेका हुन्। मुख्यमन्त्री पोखरेलले