इन्छारामलाई छुटाउन न्यायाधीश र वकिलबीच घूस लेनदेनको अडियो बाहिरएपछि…

ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश र वकिलबीच भएको घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायालयभित्रको भ्रष्टाचारको अर्को पर्दा खुलेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच लेनदेनको अडिओ सार्वजनिक भएपछि छलफल गर्न कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले आज न्याय परिषद्को बैठक बोलाउनुभएको छ । न्युज २४ …

सम्बन्धित सामग्री

न्यायाधीश-वकिल रकम लेनदेनको अडियो छानविन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । न्यायापरिषदले घुस लेनदेन प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदातलका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ठगी आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न मोलमोलाई गरेको अडियो प्रकरण सार्वजनिक भएपछि न्यायापरिषद्को बैठकले न्यायपरिषद सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च […]

न्यायाधीश अडियो प्रकरण : अधिवक्ता पोखरेलिवरुद्ध 'एक्सन'मा काउन्सिल

नेपाल बार काउन्सिलले अडियो प्रकरणमा जोडिएका अधिवक्ता रुद्र पोखरेललाई कारवाहीका लागि म्याद जारी गर्ने निर्णय गरेको छ। महान्यायधिवक्ता खम्बबहादुर खातीको अध्यक्षतामा बसेको काउन्सिल बैठकले घुस लिएर आरोपितलाई छुटाउनबारे न्यायाधीशसँग संवाद...

न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बोल्यो बार एशोसिएशन

नेपाल बार एसोसिएसन न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बोलेको छ । बारका महासचिव अन्जिता खनालले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोख्रेल बीचमा इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो  सार्वजनिक प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिकाका लागि बार निरन्तर एशोसिएशन क्रियाशील रहेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको

अडियो प्रकरणबारे छानबीन गर्न बार एशोसिएशनको माग

घूस लिएर आरोपितलाई छुटाउनेबारे न्यायाधीश र कानुन व्यवसायीबीच भएको ‘संवाद’ अडियो सार्वजनिक भएकोप्रति नेपाल बार एशोसिएशनले ध्यानाकर्षण जनाएको छ। त्यसबारे सत्यतथ्य छानबीन गर्न एशोसिएशनले माग समेत गरेको छ। बुधबार एक विज्ञप्ति...

न्यायाधीश र अधिवक्ताले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को बैठक बोलाइयो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्युज २४ टिभीले हिजो (मंगलबार) साँझ अडियो सार्वजनिक गरेको हो । न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (बुधबार) दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका […]