न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बोल्यो बार एशोसिएशन

नेपाल बार एसोसिएसन न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बोलेको छ । बारका महासचिव अन्जिता खनालले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोख्रेल बीचमा इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो  सार्वजनिक प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिकाका लागि बार निरन्तर एशोसिएशन क्रियाशील रहेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको