काठमाडौँ – काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रराज पोखरेलबीच इच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा भएको मोलमोलाइको अडियो सार्वजनिक भएपछि नेपाल बार एशोसियशनले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। न्यायपालिकाको साख श्रीवृद्धिमा भूमिका निर्वाह गर्नुपर्ने न्यायाधीश तथा कानुन व्यवसायीबाट अमर्यादित कार्य भएको भन्दै बारले निन्दा गरेको छ। ‘नागरिकको आस्था र धरोहरको अन्तिम […]