विश्व खाद्य कार्यक्रमको ५४ हजार किलो चामल लिएर आएका तीन कन्टेनर र चालक नेपालगन्ज भन्सारमा अलपत्र छन् । विश्व खाद्यको मुख्यालय इटालीबाट ल्याएको चामल खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा आयात गर्न नपाइने गुणस्तरहीन अवस्थामा भेटिएपछि सीमानाका जमुनाहमा कन्टेनरसहित चालकहरू ५ सातादेखि भन्सारमै रोकिएका हुन् ।