वाईसीएलले भन्यो : गुणस्तरहीन चामल आयातबारे डब्ल्यूएफपीले प्रष्ट्याउनु पर्छ

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन वाईसीएल नेपालले गुणस्तरहीन चामल आयात सम्बन्धमा नेपालस्थित विश्व खाद्य कार्यालयसँग जावाफ माग गरेको छ । अनलाइनखबरमा बुधबार प्रकाशित ‘अखाद्य भनेर भन्सारले रोकेको डब्ल्यूएफपीको चामल ५ महिनापछि खानयोग्य’ समाचारले बालबालिकामा अखाद्य खाद्यान्न पुग्ने अवस्था सिर्जना भएको भन्दै वाईसीएलले चिन्ता व्यक्ति गरेको छ । नेपाल विश्व खाद्य […]

सम्बन्धित सामग्री

गुणस्तरहीन चामल वितरण गरेपछि तालाबन्दी

कैलाली । गरिब तथा मजदुर वर्गलाई गुणस्तरहीन चामल वितरण गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नं वडा

गुणस्तरहीन चामल बेचेकाे आराेपमा नवलपरासीकाे राइस मिलविरुद्ध मुद्दा

रुपन्देही : राहत वापतको खाद्यान्न गुणस्तरहीन  चामल विक्री वितरण भएको जनगुनासोलाई लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले कारवाही सुरु गरेको छ। छड्के जाँच गर्दा उल्लेख गरे भन्दा न्यून गुणस्तरको चामल  पाइएपछि जिल्लाको राजेश राइस मिलविरुद्ध मुद्दा दायर गरिएको पनि सो कार्यालयले जनाएको छ।&nb...

अखाद्य चामल भन्सारमा अलपत्र

विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन चामल बोकेका तीनवटा कन्टेनर विगत तीन महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमै रोकिएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउनका लागि विश्व खाद्य कार्यक्रमले ल्याएको सो चामल अखाद्य भएको पुष्टि भएपछि भन्सार कार्यालयले रोकेको हो।

चामल बोकेका कन्टेनर अलपत्र

अखाद्य र गुणस्तरहीन चामल बोकेर नेपालगञ्ज भन्सार कार्यालयमा पुगेका विश्व खाद्य कार्यक्रमका तीनवटा कन्टेनर डेढ महिनादेखि अलपत्र छन्। विश्व खाद्य कार्यक्रमले जमुनाहा नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको जनाउँदै भन्सार कार्यालयले रोकिदिँदा तीनवटा कन्टेनर डेढ महिनादेखि त्यहीँ अलपत्र परेका हुन्। समुद्री मार्ग हुँदै इटालीबाट ल्याइएको उक्त चामल भारतको कोलकाताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर करिब डेढ महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन्।